Shikhar Insurance

थप १६० मा कोरोना पुष्टि, २ को मृत्यु

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार २१:५२
NIMB
Nabil Bank

काठमाडौं । थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ७३७ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ८७ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ सङ्क्रमित आइसियुमा तथा १५ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

थप दुईको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुईको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्