Shikhar Insurance

मैनाली आन्तरिक राजस्व विभागको महानिर्देशक सरुवा खबर हल्लामात्र !

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार ०९:२९
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएको हल्ला चलाइएको छ । तत्कालीन महानिर्देशक विनोदबहादुर कुँवर सुरुवा भएपछि रिक्त पदमा मैनालीको नाम चर्चामा थियो ।

तर, मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो पदमा मैनाली नियुक्तिको प्रक्रिया अघि बढिसकेको बताएका थिए । आवश्यक सबै प्रक्रिया पुरा गरेर उनलाई अर्थ मन्त्रालय मातहतको विभागमा ल्याउन लागिएको हो । मैनाली हाल राजस्व अनुसन्धान विभाग प्रमुख हुन् । यो विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत पर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मैनालीलाई आन्तरिक राजस्व विभाग पठाउन त सुरुमा सामान्य प्रशासन मन्त्रालयले उनको दरबन्दी परिवर्तन गरि अर्थ मन्त्रालय पठाउनुपर्ने हुन्छ । जुन विषयमा आफू अनभिज्ञ रहेको मैनाली स्वयम् बताउँछन् ।

सिंहदरबारसँग उनले भने, “औपचारिक केही खबर आएको छैन । सबैले ‘रे’ को कुरा पत्याइरहेका छन् ।”

मैनाली २०७५ देखि त्यहाँ छन् । नक्कली भ्याट बिल अनुसन्धान तथा भीसीटीएस कार्यान्वयनमा मैनालीको ठूलो योगदान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्