Shikhar Insurance

अजोड इन्स्योरेन्सको नाफा ७५.४९ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो नाफा ७५.४९ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्त अवधीमा २ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको सोही अवधीमा अजोडले ४ करोड ६ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ ।

अजोडले ६ महिनाको अवधिमा २० करोड ८६ लाख ५८ हजार रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा त्यस्तो बीमा शुल्क ११ करोड ६५ लाख ५९ हजार रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.१३ रुपैयाँ छ । गत आवको यसै अवधिमा ६.६२ रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा कम्पनीको जगेडा कोषको आकार २ करोड ७९ लाखबाट बढाएर ६ करोड ६३ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११५.६४ रुपैयाँ छ ।

कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ दीर्घकालीन लगानी र १ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ लगानी परिचालन गरेको छ । हालसम्म ७१ हजार ३०७ वटा बीमलेख जारी गरेको कम्पनीको कुल बीमाशुल्क संकलन ६८ करोड २३ लाख रुपैयाँ छ । कम्पनीको ६ हजार ६५ बीमालेख नवीकरण भएका छन् ।

पुस मसान्त अवधीमा कम्पनीले १ हजार ९१० वटा बीमलेख वापत २० करोड ७५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा २ हजार १२४ संख्याको दाबी वापत २९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्