Shikhar Insurance

यस्तो देखियो (माधव-प्रचण्ड) समुहको विरोधसभा तथा जुलुस

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार १३:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माधव-प्रचण्ड )समुहको विराेध जुलुस विभिन्न स्थानबाट सुरु भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् ।

अध्यक्ष प्रचण्ड,माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभामा सहभागीता गराउन (माधव-प्रचण्ड) समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेका हुन् ।

संसद विघटन विरुद्ध आन्दोलनरत (माधव-प्रचण्ड) समूहले यो विरोधसभालाई निर्णायक भनेका छन् । यसअघि पनि (माधव-प्रचण्ड) समूहले पुस १४ र माघ ९ मा काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्