Shikhar Insurance

सनराइज बैंकको सिईओमा सुमन शर्मा नियुक्त, बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार १६:१२
NIMB
Nabil Bank

काठमाडौं । सनराइज बैंकको सिइओमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । बैंकले शर्मालाई बुधबार सिइओ नियुक्त गरेको हो र उनले बुधबारबाटै कार्यभार सम्हालिसकेका छन् ।
उनले यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए ।

झण्डै आधा कार्यकाल बाँकी छँदै शर्माले २०७६ फागुन २८ गते माछापुच्छ्रे बैंक छाडेका थिए। सञ्चालक समितिसँगको लामो विवादपछि मंगलबार जनक शर्मा पौडेलले सनराइज छाडेका थिए ।
बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव बटुलेका शर्माले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्