Shikhar Insurance

भारतीय लगानीकर्ताले नेपालमा राम्रो नाफा कमाउन सक्छन्ः अध्यक्ष मोर

नेपाली उत्पादन भारत निर्यातमा गैर भन्सार अवरोध हटाउन आग्रह
सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार १६:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच परिसंघको कार्यालय थापाथलीमा छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उदृत गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको छ । नेपाल उद्योग परिसंघमा धेरै लगानीकर्ताहरु आवद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको बताए । राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुन सक्ने अध्यक्ष मोरको धारणा थियो ।

नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानु पर्ने धारणा परिसंघले राखेको छ । नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ । त्यसैगरी अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नु पर्ने तर्क परिसंघको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुबै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताए । यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नु पर्ने बताए । नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दुतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गर्े ।

लगानीको वातावरण तयार गर्नको लागि आगामी दिनमा परिसंघ र दुतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरहरुलाई उजागर गरी लगानीकर्ताले चाहेको क्षेत्रमा लगानी विस्तार गर्न परिसंघले सहजीकरण गर्ने बताएको छ । उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नु पर्ने धारणा परिसंघको रहेको छ । नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आइटि, गार्मेण्ट, शिक्षा, औषधी उत्पादन लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ ।

नेपाल उद्योग परिसंघले नेपाल सरकारबाट भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने छलफलमा बताइएको छ । छलफलमा परिसंघको तर्फबाट उपाध्यक्षहरु क्रमशः अनुज अगरवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्