Shikhar Insurance

आधिकारीकताको विवाद पार्टी केन्द्रिय सदस्यको टाउको गनेर छिनोफानो गरौंः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार १६:५०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेकपाको आधिकारीकता सम्बन्धी विवाद समाधानका लागि निर्वाचन आयोगले केन्द्रिय सदस्यहरुलाई बोलाएर टाउको गन्नुपर्ने बताएका छन् । राजधानीमा आयोजीत बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले कानुन र नेकपाको विधान अनुसार पार्टी केन्द्रिय सदस्यहरुलाई आयोगमै बोलाएर टाउको गन्दै बहुमतका आधारमा आधिकारीकता दिनुपर्ने धारणा राखेका हुन् ।

निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले धम्काएको आरोप लगाउँदै अध्यक्ष नेपालले त्यस्तो धम्कीसँग नडराउन आयोगलाई आग्रह पनि गरे । नेकपामा कोहि पहिलो र कोहि दोश्रो अध्यक्ष नरहेको बताउँदै नेपालले ओलीलाई हास्यास्पद तर्क नगर्न आग्रह पनि गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएकोले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्