Shikhar Insurance

महासंघमा वैदेशिक रोजगार फोरम गठन, ९ खर्ब रेमिटेन्स पठाउने नेपालीको हित गरौंः अध्यक्ष गोल्छा

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार १९:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने चयन भएका छन् । फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ्ग, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन् । फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ्ग, सुजित कुमार श्रेष्ठ, नवराज के.सी. र नरेन्द्र ढकाल छन् ।

नवगठित फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मुल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए । ‘वार्षिक करिव ९ खर्वको हाराहारीमा भित्रिने व्रिपेषणले मुलुकको अर्थतन्त्रमा निकै ठुलो योगदान पुर्‍याएको छ । अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाई दिदी बहिनीहरू वाध्य छन्,’ गोल्छाले भने ।

Citizen Life
Kumar Bank

यो क्षेत्रलाई अझबढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पुर्‍याउन सकियोस भनेर महासंघले फोरम गठन गरेकाले फोरमले वैदेशिक रोजगारीका समग्र इस्यूहरूमा परिणामदायीरूपमा काम गर्न उनले सुझाव दिए ।

महासंघको रोजगारदाता परिषदका सभापति एवं एसोसियट उपाध्यक्ष रामचन्द्र संघाईले फोरमको सफलताको कामना गर्दै विशेष गरी फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसंग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूका बरेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरे ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्