Shikhar Insurance

१६ करोड रुपैयाँ बराबरको आईपीओ आउदै

सिंहदरबार संवाददाता
२०७९ आश्विन १२, बुधबार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले आईपीओ निष्काशनको माग गर्दै साउन १८ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एन आई सी एशिया क्यापिटल रहेको छ ।

Citizen Life
Kumar Bank

कम्पनीले १६ करोड २७ लाख ७५ हजार रकम बराबरको आईपीओ सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । निष्काशन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको आईपीओ आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको आईपीओ सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार ३ सय रुपैयाँ रहेको छ ।

सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँ पुग्नेछ । निर्माणधीन माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्