Shikhar Insurance

डिजेल/पेट्रोल २ रुपैयाँ र एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, निगम अझै घाटामै

सिंहदरबार संवाददाता
२०७७ माघ २८, बुधबार २०:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका मूल्य वृद्धि गरेको छ । माघ २८ गते राति १२ बजेबाट लागु हुने गरि निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

अब डिजेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ र पेट्रोलको प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निगम अझै घाटामा
मूल्य वृद्धिका बावजुद नेपाल आयल निगम भने पेट्रोलमा प्रतिलिटर ५.१६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ घाटामै रहेको छ । खाना पकाउने एलपी ग्यासमा भने त्यस्तो नोक्सानी प्रति सिलिण्डर २९५.८३ रुपैयाँ नोक्सानीमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्