Shikhar Insurance

माथिल्लो तामाकोशीको घाटा बढ्यो, लाभांश कहिले आउँछ ?

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार ०८:५३
NIMB
Nabil Bank

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको घाटा बढेर ३ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको सोही अवधीको तुलनामा ८२ लाख रुपैयाँले बढेको हो । गत आवको पुस मसान्त अवधीमा कम्पनीको नोक्सानी २ करोड ३३ लाख रुपैयाँ मात्रै थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिरहेको छ भने अझै उत्पादन आरम्भ हुने समय एकिन भएको छैन् ।

Citizen Life
Kumar Bank

निर्माण अवधी बढ्दा बैंकको ब्याज, डलर सटहीदर समेत वृद्धि हुँदा निर्माण लागत निरन्तर बढिरहेको छ। आयोजनाले ०७७ कात्तिकदेखि बिजुली उत्पादन थाल्ने र २०७७ माघसम्म सम्पूर्ण निमार्णकार्य सक्ने लक्ष्य राखेको थियो ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ४० अर्ब ८ करोड रुपैयाँ दीर्घकालीन ऋण छ। कम्पनीले दोस्रो त्रैमाससम्ममा नेपाल विद्युत प्राधिकरणबाट १२ अर्ब ५० करोड दीर्घकालिन ऋण, यस्तै संस्थापक शेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानीकोष राष्ट्रिय बीमा संस्थानबाट १४ अर्ब बढी ऋण लिइसकेको छ । साथै विद्युत प्राधिकरणबाट २ अर्ब अल्पकालिन ऋण लिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३३ पैसा ऋणात्मक नै छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९४ पैसा छ। आयोजनाको निमार्ण लगात बढ्दा बढ्दै ७० अर्ब नाघिसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले चाँडै लगानीकर्तालाई लाभांश दिने बताउँदै आएका छन् । तर विद्युत उत्पादन समेत सुरु नभएकाले त्यस्तो लाभांश कहिले प्राप्त हुन्छ ? भन्ने एकिन गर्न मुस्किल छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्