लघुवित्त संस्थाको खराब कर्जा १९ अर्ब बढी, सबैभन्दा बढी निर्धन उत्थनमा हुँदा थोरै समाजमा

कुनमा कति सूची सहित
सिंहदरबार संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १७:१७

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा १९ अर्ब रुपैयाँ बढी देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्त संस्थाहरु उठाउन नसकेको खराब कर्जा १९ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

हाल नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको संख्या ६५ वटा रहेको छ । यी संथाहरुले गत आवको असार मसान्तसम्म कुल ४ खर्ब ४९ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसको ४.२६ प्रतिशत औषत खराब कर्जा रहेको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको हो ।

सो अवधिमा एउटै लघुवित्त वित्तीय संस्थाको खराब कर्जा अनुपात ०.११ प्रतिशतदेखि ८६.९४ प्रतिशतसम्म रहेको छ । खराब कर्जा अनुपात सो अवधिमा सबैभन्दा थोरै आरएमडीसी लघुवित्तमा र सबैभन्दा धेरै बुद्ध ज्योति लघुवित्तमा रहेको छ । सो अवधिमा बुद्ध ज्योति लघुवित्तले कुल ३ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा प्रवाहित कर्जाको ८६.९४ प्रतिशत अर्थात् २ करोड ७९ लाख रुपैयाँ खराब कर्जा रहेको छ । साथै, सो अवधिमा सुपर लघुवित्तले ५९ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ९ करोड ७५ लाख रुपैयाँ खराब कर्जा रहेको छ ।

कुल प्रवाहित कर्जामा खराब कर्जाको परिमाणको आधारमा हेर्दा सो अवधिमा सबैभन्दा बढी निर्धन उत्थन लघुवित्तमा र सबैभन्दा थोरै समाज लघुवित्तमा रहेको छ । गत आवको असार मसान्तसम्म निर्धन उत्थनले कुल २७ अर्ब ६९ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसमध्ये ३.१३ प्रतिशत अर्थात् ८६ करोड ६७ लाख रुपैयाँ खराब कर्जा रहेको छ । भने, समाज लघुवित्तले सो अवधिमा कुल ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा ०.११ प्रतिशत अर्थात् ४ लाख रुपैयाँ खराब कर्जा रहेको छ ।

कर्जाको वर्गीकरण र प्रोभिजनको व्यवस्था

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जालाई राष्ट्र बैंकले ४ वर्गका वर्गीकरण गरेको छ । केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैंकहरुले प्रवाहित कर्जालाई साँवा ब्याज भुक्तानीको आधारमा असल कर्जा, वाचलिष्ट, कमसल, शङ्कास्पद र खराब कर्जामा वर्गीकरण गरी नोक्सानी व्यवस्थापन (प्रोभिजन) गर्नु पर्छ ।
जसमा कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी गरी १ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो । जसलाई राष्ट्र बैंकले १ वर्षअघिदेखि ०.३ प्रतिशत थप गरी १.३ प्रतिशत कायम गरेको छ ।

१ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । साथै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यदि ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शङ्कास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ । साथै, १ वर्षभन्दा माथि साँवा ब्याज भुक्तानी नभएमा सोमा शत प्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्झौता अनुसार कर्जा प्रवाह गर्छन् । सम्झौताअनुसार ऋणीले तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नु पर्ने हुन्छ । यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नु पर्ने हुन्छ ।

डेढ दर्जन लघुवित्तमा खराब कर्जा ५ प्रतिशतको हाराहारीमा

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरको खराब कर्जा ५ प्रतिशत माथि भएका सो संस्थालाई वित्तीय सुधारका विभिद् निर्देशन दिने गरेको छ । सञ्चालनमा रहेका ६५ वटा लघुवित्तको खराब कर्जा अनुपात गत आवको असार मसान्तसम्म औषतमा ४.२६ प्रतिशत छ ।

औषत खराब कर्जा अनुपातसँगै अधिकांश संस्थाको यस्तो अनुपात पनि ४ देखि ५ प्रतिशतकै बीचमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिमा १९ वटा लघुवित्तको खराब कर्जा ४ देखि ८७ प्रतिशतसम्म, ११ वटा संस्थाको खराब कर्जा ३ देखि ४ प्रतिशतसम्म, १० वटा संस्थाको खराब कर्जा २ देखि ३ प्रतिशतसम्म, १७ वटा संस्थाको खराब कर्जा १ देखि २ प्रतिशतसम्म र ७ वटाको १ प्रतिशतभन्दा कम खराब कर्जा अनुपात रहेको छ ।

गत असार मसान्तसम्ममा खराब कर्जा ५ प्रतिशतमाथि हुने बुद्ध ज्योति लघुवित्त, सुपर लघुवित्त र युनिक नेपाल लघुवित्तलाई राष्ट्र बैंकले सुधारत्मक कारवाही गरिरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । सुपर लघुवित्तलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिसकेको छ भने बुद्ध ज्योतिलाई शिघ्र सुधारको निर्देशन दिएसँगै मिरमिरे लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ । भने, युनिक नेपाल समेत सुधारको लागि पत्र पठाइसकेको स्रोतको भनाइ छ ।

‘खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुने संस्थाहरुले राष्ट्र बैंकमा तथ्यांक पठाउँदा ५ प्रतिशतभन्दा कम नै बनाएर पठाउँछन्, तर, ४ देखि ५ प्रतिशतको हाराहारीमा खराब कर्जा अनुपात भएको संस्थामा स्थलगत निरीक्षण टोली जाँदा ५ प्रतिशतभन्दा माथि नै यस्तो अनुपात हुन्छ । यस्ता संस्थासँगै ५ प्रतिशत माथि खराब कर्जा भएका संस्थालाई पत्रमार्फत् सुधारमा कार्य गर्न निर्देशन दिइसेको छौँ ।’–राष्ट्र बैंक स्रोतले
सिंहदरबारसँग भन्यो ।

गत आवको असार मसान्तसम्म खराब कर्जा अनुपात ५ प्रतिशतको हाराहारीमा वा सोभन्दा माथि भएका संस्थालाई चालु आवको पहिलो त्रैमाससम्म कर्जा अलुसीमा ध्यान दिन निर्देशन दिएको स्रोतको भनाइ छ ।

Microfinance  CompanyNPL%Total Loan Rs-millionNPL In Amount Rs-million
Buddha Jyoti LBSL86.94%32.1527.95
Super LBSL16.41%594.2797.52
Unique Nepal LBSL8.23%3,958.53325.79
Arambha Chautari LBSL4.94%5,060.22249.97
Wean Nepal LBSL4.93%862.7142.53
NADEP LBSL4.89%5,220.39255.28
Kisan LBSL4.88%6,731.18328.48
NERUDE LBSL4.74%9,985.96473.33
Support LBSL4.55%1,305.8659.42
Ganapati LBSL4.52%2,261.72102.23
Grameen Bikas  LBSL4.49%13,677.84614.14
BPW LBSL4.48%199.518.94
NESDO LBSL4.47%4,583.69204.89
Samudayik LBSL4.42%1,597.0470.59
Dhaulagiri LBSL4.37%1,438.4562.86
Aatmanirbhar LBSL4.26%1,419.0760.45
Manakamana LBSL4.22%1,062.5944.84
Gurans LBSL4.12%1,228.4150.61
Vijay LBSL4.08%4,888.84199.46
Naya Sarathi LBSL3.81%4,248.90161.88
Samata LBSL3.76%3,409.76128.21
Suryodaya Womi LBSL3.46%10,915.06377.66
Janautthan LBSL3.45%2,356.8281.31
Adhikhola LBSL3.42%1,433.8449.04
Unnati LBSL3.30%3,544.97116.98
Laxmi LBSL3.21%7,820.81251.05
Manushi LBSL3.20%1,555.4149.77
NMB LBSL3.18%5,912.90188.03
Nirdhan LBSL3.13%27,691.13866.73
Kalika LBSL3.11%3,916.63121.81
Mero LBSL2.94%16,402.08482.22
Swawalamban LBSL2.90%20,113.01583.28
Infinity LBSL2.82%4,907.21138.38
Asha LBSL2.80%5,003.20140.09
Mithila LBSL2.61%2,174.1356.74
Aviyan LBSL2.60%2,075.6853.97
National LBSL2.45%11,051.72270.77
Sworojgar LBSL2.37%7,350.38174.20
Jalapa LBSL2.32%5,217.83121.05
Shrijanshil LBSL2.11%2,361.4949.83
CYC LBSL1.95%3,590.2070.01
Sadhana LBSL1.92%5,426.34104.19
Mahila LBSL1.91%4,553.2986.97
Forward LBSL1.83%20,398.00373.28
Upakar LBSL1.76%2,271.9639.99
Sabaiko LBSL1.69%4,405.9474.46
Mirmire LBSL1.65%8,834.98145.78
GIME LBSL1.64%8,463.31138.80
Mahuli LBSL1.50%4,576.0468.64
Civil LBSL1.47%3,856.4456.69
Khaptad LBSL1.47%270.383.97
NICA LBSL1.43%21,847.35312.42
Summit LBSL1.42%5,689.8680.80
Swastik LBSL1.13%696.657.87
Rastra Uththan LBSL1.11%3,319.4836.85
Adarsha LBSL1.06%277.392.94
DEPROSC LBSL1.03%18,027.55185.68
Jeevan Bikas LBSL0.91%23,779.36216.39
Swabhiman LBSL0.85%2,085.6717.73
Chhimek LBSL0.83%33,424.93277.43
Sanakisan LBSL0.67%30,022.00201.15
RSDC LBSL0.49%5,532.0727.11
Samaj LBSL0.11%380.050.42
First LBSL0.00%10,543.150.00
RMDC LBSL0.05%11,841.975.92
Total4.32%449,685.7619443.29

 

 

प्रतिक्रिया दिनुहोस्