Shikhar Insurance

रिलायबल लाइफको नाफा ३४.२६ प्रतिशतले बढ्यो, आईपीओ ल्याउने तयारीमा

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार ०९:३५
NIMB
Nabil Bank

काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीको नाफा ३४.२६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीमा आफ्नो नाफा बढाएर १७ करोड ७९ लाख रुपैयाँ पुर्याएको हो । कम्पनीले गत वर्षको पुस मसान्त अवधीमा १३ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो । यद्यपी यो नाफा बीमांकीय मूल्यांकन अघिको हो ।

रिलायबलले पुस मसान्त अवधीमा एक अर्ब ३१ करोड ९७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । जुन बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ५३.२५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्त अवधीमा कम्पनीले ८६ करोड रुपैयाँ बीमा शुल्क उठाएको थियो । कम्पनीको जीवन बीमा कोषमा एक अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ । गत आवको पुस मसान्तमा कम्पनीको जीबन बीमा कोष ८७ करोडको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ र ६० करोेड रुपैयाँको आईपीओ निष्काशनको तयारी गरिरहेको छ । रिलायबलको प्रतिशेयर आम्दानी २४.८२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्