Shikhar Insurance

बीमा कोषको आकार घटेपनि, युनाइटेड इन्स्योरेन्सकाे नाफा भने ३५.६४ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीले २ करोड ७४ लाख रुपैयाँ मुनाफा गेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा ३५.६४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड २ लाख रुपैयाँ नाफा कमाउन सफल भएको थियो ।

कम्पनीको बीमा कोषको आकार गत वर्षको यसै अवधिको भन्दा ३.५० प्रतिशतले घटेर ३२ करोड ४४ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको बीमा कोषको आकार भने ३३ करोड ६२ लाख रुपैयाँको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले यस अवधिसम्म २६ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क गत वर्षको यसै अवधिको भन्दा ४९.३४ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क सङ्कलन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब दुइ करोड ८१ लाख रुपैयाँ रहेको छ भने, जगेडा कोषमा नौं करोड ८१ लाख रुपियाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ५० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्