Shikhar Insurance

महिला लघुवित्तको आईपीओ विक्री खुला, माघ ३० देखि फागुन ४ गते सम्म आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १४:०५
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । यस अघि माघ २८ गतेदेखि विक्री खुला गर्ने मिति सार्वजनिक गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशन बमोजिम मिति परिवर्तन गरेको हो । सिडिएससीले प्राविधिक समस्या हुने भन्दै आईपीओ विक्री खुला गर्नको लागि उपयुक्त दिन शुक्रवार तोकेको छ ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो आईपीओ विक्री मिति छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १४ गतेसम्मका लागि तोकिएको छ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

कम्पनीले यो आईपीओ विक्री गर्न माघ ८ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्