Shikhar Insurance

लाइफ इन्स्योरेन्स कर्पाेरेशनको साधारणसभा फागुन २५ मा , १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश पारित गर्ने

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले १८औं वार्षिक साधारणसभा फागुन २५ गते मंगलवार गर्नेे भएको छ । कम्पनीले एनआइसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने भएको हो । कोभिड-१९ महामारी जोखिमका कारण साधारणसभा भिडियो कन्फ्रन्समार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्तापूँजीको ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारणसभा प्रयोजनको लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म शेयरधनी बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन फागुन ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्