Shikhar Insurance

सपोर्ट लघुवित्तले राख्यो लगानीकर्ताको हात खाली, यस वर्ष लाभांश नबाड्ने

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १४:५३
NIMB
Nabil Bank

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लाभांश नबाड्ने भएको छ ।

कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले उक्त आवको वार्षिक लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउन निर्णय गरेको छ । उक्त बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित कोषमानै राख्ने निर्णय गरेको कम्पनीले नेप्सेमा जारी गरेको सुचनामा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस कम्पनीले रू. १ करोड ५८ लाख ८ हजार खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिमा कम्पनीले रू. ६३ लाख ७७ हजार मात्र यो नाफा गरेको थियो । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ३ करोड ७८ लाख ७९ हजार कायम भएको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. २ करोड १२ लाख ४६ हजार थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्