Shikhar Insurance

१० अर्बको पूर्वाधार कम्पनी आउँदै, एनआरएनलाई ८ अर्ब ५० करोडको आईपीओ

कम्पनीमा नेपाल सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ
सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १६:३४
NIMB
Nabil Bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय समेत भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्‍चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृयामा रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने बताए । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । लगानीका लागि कम्पनीले गैरआवासीय नेपालीहरु समक्ष आइपिओ जारी गर्नेछ । अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको जानकारी दिँदै विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको समेत बताए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत सहभागीता  थियाे ।

GBIME

प्रतिक्रिया दिनुहोस्