Shikhar Insurance

काठमाडौंका पाँच ठाउँमा पानी आउने वाटर एटिएम

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १७:३३
NIMB
Nabil Bank

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नाराका साथ बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा समेत वाटर एटीएमको उद्घाटन गरेका छन् ।

सुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटन पछि बालाजु पुगेका मन्त्री थापाले उद्घाटनपछि ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का हाले । सिक्का हालेपछि ‘वाटर भेन्डिङ मेसिन’ बाट कपमा चार सय मिलिलिटर पानी भरियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उद्घाटन पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए । ‘आजै हामीले रत्नपार्क क्षेत्र, स्वयम्भू र बालाजु गरी तीन ठाउँमा ‘वाटर भेन्डिङ मेसिन’ को उद्घाटन गरेका छौँ,’ ‘पहिलो चरणमा उपत्यकाका १५ स्थानमा यो सञ्चालन गर्ने तयारी रहेको, विस्तारै मुलुकभरीकै सहरहरुमा यो व्यवस्था लागु गर्ने समेत मन्त्री थापाले बताए ।’

मन्त्री थापासँगै रहेका राज्यमन्त्री रामबीर मानन्धरले पनि आफ्नो निर्वाचन क्षेत्र र त्यसमा पनि ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल बालाजु उद्यानकै प्रवेशद्वारमा आधुनिक प्रविधिको वाटर एटीएम उद्घाटन गर्दा खुशी लागेको बताए । ‘मेलम्ची अहिले राजधानीवासीका लागि निकै महत्वपूर्ण छ ।

मेलम्चीको पानी आउने अन्तिम तयारी भैरहेका बेलामा यस्तो प्रविधिको सुरुवात हुनु आफैँमा खुशीको कुरा हो,’ ‘एक लिटर नै पानी किनेर खानुपर्ने बाध्यतालाई यो प्रविधिले अन्त्य गरेको छ । यो प्रविधिको विकाससँगै अब पानी कहाँ पिउने होला भन्ने कुराको अन्त्य हुनेछ ।’ राज्यमन्त्री मानन्धरले भने ।

काठमाडौँ महानगरपालिकाले पनि काठमाडौँ मानगरवासी र बटुवाहरुलाई सहज र सुलभ तरिकाले प्यास मेटाउन फरक–फरक सार्वजनिक स्थलहरुमा सुपथ मूल्यमा स्वच्छ सफा पिउने पानी उपलब्ध गराई मानवमैत्री सहरको रुपमा काठमाडौँलाई परिचित गराउने उदेश्यले यसको थालनी गरेको जानकारी दिएको छ ।

‘प्लाष्टिक र वोतलको पानी प्रयोगमा कमी ल्याई वातावरणीय सुधार कार्यमा टेवा पुर्याउने उदेश्यले यसको थालनी गरेको,’ काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपध्यक्ष सरोज बस्नेतले बताए ।
‘काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डसँगको सहकार्यमा महानगरपालिका क्षेत्र भित्रका पाँच स्थानमा वाटर एटीएम रहने छन् । त्यसका लागि महानगरपालिकाले स्थान उपलब्ध गराएको छ भने व्यवस्थापन बोर्डले नै गर्नेछ ।’

कुनै समय परम्परागत रुपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जरुंहिति रहेको र ती धारामा बटुवाहरुले पानीको प्यास मेटाउने गरेको गरेको इतिहाससँग जोडेर महानगरपालिकाले वोर्डसँगको सहकार्यमा स्थापना भएका वाटर एटीएमलाई जरुंहिति नामकरण गरेको जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्