Shikhar Insurance

महालक्ष्मी लाइफको जीवन बीमा कोष १६८.७९ प्रतिशतले बढ्यो, ६० करोडको आईपीओ पाइपलाइनमा

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । कान्छो जीवन बीमा कम्पनीका रुपमा सेवा थालेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १६८.७९ प्रतिशतले बढेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कोषलाई बढाएर १ अर्ब १३ करोड रुपैयाँ पुर्याएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा जम्मा ४२ करोड रुपैयाँ मात्रै रहेको थियो ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको भन्दा ६६.७९ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तमा कम्पनीको त्यस्तो बीमा शुल्क २८ करोड रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनी नाफामा पनि केहि सुधार गरेको देखिन्छ । दोश्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार महालक्ष्मीले ६ महिनामा ५ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जबकी गत आवको सोही अवधीमा कम्पनीको त्यस्तो नाफा ५ करोड १८ लाख रुपैयाँ थियो ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ६० करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीको जगेडा कोषमा १४ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्