Shikhar Insurance

रिहा भइन राम कुमारी झाँक्री, भनिन्ः प्रतिगमन हार्दैछ

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १८:४९
NIMB
Nabil Bank

काठमाडौं । करिब पाँच घण्टा लामो प्रहरी हिरासतमा बसेर नेकपा केन्द्रिय सदस्य राम कुमारी झाँक्री रिहा भएकी छिन् । राज्य विरुद्धको अपराधमा महानगरी अपराध महाशाखाले झाक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउ परेपछि सरकारको चातर्फी आलोचना भएको थियो ।

झाक्रीलाई नयाँ बानेश्वरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी ओलीको आदेशमा झाक्रीलाई पक्राउ गरिएको आरोप लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे गोरखाको एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण झाक्रीलाई पक्राउ गर्न ओली निकट नेकपाको महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

रिहा भएपछि सञ्चारकर्मीहरुसँग झाक्रीले प्रतिगमन हार्न थालेको बताइन् । उनले आफु बिनासर्त रिहा भएको र प्रतिगमन हार्ने सुनिश्चित भएको बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्