Shikhar Insurance

माछापुच्छ्रे बैंकको ‘रेमिट एप’ आयो, रेमिटेन्स कारोबारमा ‘गेम चेञ्जर’ हुने दावी

सिंहदरबार संवाददाता
२०७७ माघ २९, बिहीबार १९:४०
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रेमिट एप सञ्चालनमा ल्याएको छ । २७ बाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे पहिलो पटक रेमिट एप ल्याएको हो । यो एप मार्फत विदेशमा रहेका नेपाली नागरिकहरुले सहजै नेपालमा पैसा पठाउन सक्नेछन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आफ्ना ग्राहकलाई सहज, सुरक्षित र ग्रामिण क्षेत्रसम्म डिजिटल भुक्तानीको प्रबन्ध मिलाउन रेमिट एपले सहयोग गर्ने बताए ।

उनले डिजिटल बैंकिङमा माछापुच्छ्रे बैंकले सधै नयाँपन दिने प्रयास गर्दै आएको पनि बताए । रेमिट एप पनि सोही क्रममा अघि सारिएको पनि सिईओ कोइरालाले जानकारी दिए । बैंकले देशभर रहेका ७ हजार बढी एजेन्टबाट नगद रेमिटेन्स सेवा दिइरहेको थियो । अब भने रेमिट कार्डबाटै भुक्तानी प्राप्त हुने सुबिधा थपियो, यो डिजिटल प्रविधिलाई गाउँ गाउँमा विस्तार गर्छाै, सिइओ कोइरालाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकका अध्यक्ष विरेन्द्र प्रसाद महत्तोले बैंकले सुुरु गरेको रेमिट एपले गाउँगाउँमा माछापुच्छ्रे बैंकको पहुँच पुर्याउन वालेट कोसेढुङ्गा हुने दावी गरे । बैंकले देशभर १६० शाखा मार्फत सेवा दिईरहेको र अब थपिएको डिजटल प्रविधिले बैंकलाई गाउँ गाउँसम्म विस्तार गर्ने पनि अध्यक्ष महतोले अपेक्षा व्यक्त गरे । उनले रेमिटेन्सको कारोबारमा रेमिट एप गेम चेञ्जर प्रोजेक्ट सावित हुने ठोकुवा पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्