Shikhar Insurance

महिला लघुवित्तको आईपीओ खुल्यो, कति भर्ने ? कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यका ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । कुल निष्काशनमध्ये ०.५ प्रतिशतले हुने ५ हजार कित्ता सेयर संस्थाका कर्मचारीले पाउेनछन् । अर्काे पाँच प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारले आवेदन दिन सक्नेछन् ।

महिला लघुवित्तको आईपीओमा १० कित्तादेखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गते निष्काशन बन्द हुनेछ । १० लाख बढीले आईपीओ भर्न थालिसकेको अवस्थामा आवेदकमध्ये बहुसंख्यकको हात भने खाली हुनेछ । जम्मा ३७ हजार ५ सय आवेदकले मात्रै १० कित्ता सेयर पाउनेछन् । कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ र आईपीओ जारी गरेपछि १० करोड पुग्नेछ । महिला लघुवित्तको आईपीओ निष्काशनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गल पाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले २९ जिल्लामा ५३ वटा शाखा कार्यालय र ५ वटा सुपरीवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा कम्पनीले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्