Shikhar Insurance

युनिलिभरको नाफामा ४४ प्रतिशतको गिरावट, बिक्रि आम्दानी पनि घट्यो

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार १३:४३
NIMB
Nabil Bank

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नाफामा ४४ प्रतिशतको गिरावट आएको छ ।कम्पनीले चालु आवको दोश्रो त्रैमासिक अवधीमा जम्मा १३ करोड १५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

गत आवको यहि समयमा कम्पनीको नाफा भने २३ करोड ७५ लाख रहेको थियो । अहिलेको नाफा गत आवको नाफा भन्दा ४४ प्रतिशतले कमी हो ।अहिले कम्पनीको नाफा गत वर्षको तुलनामा १० करोड रुपैयाँ भन्दा धेरैले घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दोश्रो त्रैकासिक अवधिमा कम्पनीले बिक्री बाट १ अर्ब १७ करोड आम्दानी गरेको छ । जबकि गतवर्षको बिक्री आम्दानी भने ३९ करोडले बढी अर्थात १ अर्ब ५६ करोड ९९ लाख रुपैयाँ रहेको थियो । यो वर्ष कम्पनिको अन्य आम्दानीमा समेत गतवर्ष भन्दा २ करोड २४ लाख रुपैयाँले कमि आएको छ ।

कम्पनीको आम्दानीमा कमिआए सँगै प्रतिसेयर आम्दानी समेत १३७ रुपैयाँमा सिमित भएको छ । गत आवमा भने प्रतिसेयर आम्दानी ९७२ रुपैयाँ रहेको थियो । यो रकम अहिलेको भन्दा ८३५ रुपैयाँले बढी हो ।
२ अर्ब ४० करोडको जगेडा कोष रहेकोे कम्पनीको चुक्तापुँजी भने ९ करोड २१ लाख रुपैयाँको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्