Shikhar Insurance

शिवम् सिमेन्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २०:०५
NIMB
Nabil Bank

काठमाडौं । शिवम् सिमेन्ट्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कम्पनीले उद्योग सञ्चालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५ सयभन्दा बढि विद्यार्थीका लागि स्विटर तथा ट्रयाकसुट वितरण गरेको हो ।

विगतका दिनमा पनि कम्पनीले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रवृत्तीहरु वितरण गर्दै आहिरहेका थियौ । सोही सिलशिलामा यसपटक कम्पनीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिप्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

शिवमले विगतका दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत स्वास्थ्य शिविर, विपन्न परिवारका लागि खाद्यान्न वितरण, आईसोलेसन बेड निर्माणका लागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ती, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, वृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आइरहकेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्