Shikhar Insurance

सगरमाथा इन्स्योरेन्सको नाफा ७० प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २०:२५
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा ७०.५८ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा सो मात्रामा बढाएर १७ करोड ७२ लाख पुर्याएको हो । गत आवको सोही अवधीमा कम्पनीको नाफा १० करोड ३९ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद बिमा शुल्क २१.७७ प्रतिशतले बढेर ६९ करोड २० लाख रुपैयाँ पुगेको छ । जबकी गत आवको सोही अवधीमा कम्पनीको त्यस्तो बीमा शुल्क ५६ करोड ६३ लाख रुपैयाँ थियो ।
बीमा कोष पनि ६२ करोड १३ लाखबाट बढेर ९० करोड २५ लाख रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले पुस मसान्त अवधीसम्ममा ५५ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ८७ पैसा छ ।
एक अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्