Shikhar Insurance

शिखर इन्स्योरेन्सको नाफा २४ करोड, सबै सूचक आकर्षक

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २०:५२
NIMB
Nabil Bank

काठमाडौं । एक नम्बरको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको पुस मसान्त अवधीमा २४ करोड १४ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीको तुलनामा यसपाली २ करोड ५४ लाख रुपैयाँ नाफा वृद्धि गरेको हो । गत पुस मसान्त अवधीमा शिखरको नाफा २१ करोड ६० लाख रुपैयाँ थियो ।

कोरोना काललाई छिचोल्दै कम्पनीले बीमा शुल्क पनि ७४ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधीमा कम्पनीको बीमा शुल्क ७२ करोड ५६ लाख रुपैयाँ थियो । कम्पनीको जगेडा कोष पनि एक अर्ब १७ करोड पुगेको छ जुन गत पुसमा ९४ करोड ७ लाख रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको प्रतिसेयर आम्दानी ३५.१३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २६७.९७ रुपैयाँ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्