Shikhar Insurance

नेशनल लाइफको बीमा शुल्क ४१ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २१:०७
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ४१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुस मसान्त अवधीमा आफ्नो बीमा शुल्क ४१ प्रतिशतले बढाएर ५ अर्ब ४८ करोड पुर्याएको हो । कम्पनीले गत वर्षको पुस मसान्त अवधीसम्ममा ३ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा पनि बढेर २३ करोड ६५ लाख पुर्याएको छ जबकी गत पुस मसान्त अवधीमा कम्पनीको त्यस्तो नाफा २३ करोड ५८ लाख रुपैयाँ थियो । नेशनलको जीवन बीमा कोष ३८ अर्बको भएको छ जुन तग पुसमा ३० अर्ब १५ करोड रुपैयाँ मात्रै थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

३ अर्ब ८ करोड २६ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २४ करोड ८६ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६८ पैसा रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्