Shikhar Insurance

११ महिना सिंहदरबार नटेकेका प्रधानमन्त्री मुल भवन उद्घाटनको रिबन काट्न आउँदै

सिंहदरबार संवाददाता
२०७७ माघ ३०, शुक्रबार २२:३५
NIMB
Nabil Bank

काठमाडौं । भूकम्पले क्षतिग्रस्त सिंदरबारको मुल भवन पूर्णतः तयार भएको छ । वि.सं. २०७२, वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले भत्काएको सिंहदरबार मूल भवनको चार मोहोडामध्ये ३ वटा मोहोडाको पुनर्निर्माण सकिएको हो ।

भवनको पश्चिम मोहोडाको पुनर्निर्माण भने चलिरहेको छ भने बाँकी मोहोडाको प्रवलीकरण सकिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तीन मोहोडाको काम सकिएसँगै ११ महिना सिंहदरबार नटेकेका प्रधानमन्त्री ओली फागुन ३ गते सोमबार सिंहदरबार प्रवेश गर्नेछन्, त्यो पनि भवन उद्घाटन गर्ने सुरमा

उनी गत वर्षको चैत २ गते यता सिंहदरबारस्थित आफ्नो कार्यालयमा गएका छैनन् । भव्य कार्यालय प्रवेश गर्ने कार्यक्रम सोमबार काटेर हुने तय भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्