Shikhar Insurance

अप्रिल १ मा दैलेखको पेट्रोलियम खानी खन्न आउँदैछ चिनियाँ टोली

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १, शनिबार १३:३०
NIMB
Nabil Bank

काठमाडौं । दैलेखको पेट्रोलियम खानीमा ड्रिल गर्न चिनियाँ टोली अप्रिल १ तारिखका दिन नेपाल आउन लागेको छ । चिनियाँ टोलीले अप्रिल १ तारिखमा नेपाल यात्रा गर्न अनुमति माग्दै मिनिष्ट्री अफ नेचुरल रिसोर्सेसमा पत्र अनुरोध गरेको हो । ‘चिनियाँ टोलीले अप्रिल १ तारिखका दिन नेपाल जान अनुमति माग्दै आफ्नो मन्त्रालयमा पत्र लेखेको जानकारी आएको छ,’ पेट्रोलियम अन्वेषण परियोजना प्रमुख डा. सुधिर रजौरेले सिंहदरबारसँग भने ।

उनका अनुसार चीनको मिनिष्ट्री अफ नेचुरल रिसोर्सेसले अनुमति दिएपछि चिनियाँ प्राबिधिक टोली नेपाल आउनेछ । सोही टोलीले दैलेखको पेट्रोलियम भण्डार क्षेत्रमा ड्रिलिङ गर्नेछ । सोही ड्रिलिङले कति इन्धन छ ? र आर्थिक रुपले उत्खनन सम्भव छ की छैन भन्ने तथ्य उजागर गर्नेछ । दैलेखमा ड्रिलिङ गर्ने ठाउँको पनि पहिचान भैसकेको डा. रजौरेले जानकारी दिए । दशैंतिहारपछि जमिन सतहबाट चार किलोमिटर तलसम्म ड्रिलिङ गरिनेछ । त्यस्तो ड्रिलिङका लागि ५० टनको मेसिन चीनबाटै ल्याइनेछ । सो अवधीसम्ममा भने ड्रिलिङको पूर्व तयारीको काम गरिने पनि डा. रजौरेले जानकारी दिए । त्यसरी डिलिङ गरेका दुई वर्षभित्र इन्धनको मात्रा र आर्थिक सम्भाव्यताको प्रतिवेदन तयार हुनेछ । सो प्रतिवेदनका आधारमा उत्खनन गर्ने वा नगर्ने भन्ने एकिन हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

के के भयो अहिलेसम्म ?
यो अन्वेषण योजनाका लागि २०७५ पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय अनुसार २०७५ फागुन १६ गते खानी तथा भुगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

त्यस अघि पनि चाइना जिओलोजिकल सर्भेको टोलीले सन २०१६ को अप्रिल ३० मा नेपाल आएर सुर्खेत दैलेख, बुटवल पाल्पा र चतरा बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो ।
पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो ।

यी हुन १० ब्लक
नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्