Shikhar Insurance

रिचार्जरको भ्यालेन्टाईन अफर, जाने हैन त ? हेलिकप्टर डेट

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १, शनिबार १९:४८
NIMB
Nabil Bank

 

काठमाडाैं ।  नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सिन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलि राइड पाउने अफर ल्याएको हो । अफरमा सहभागि हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई २ हजार क्यासप्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी खाता खोल्नु पर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

भ्यालेन्टान्स डेको अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुट समेत प्रदान गरिने रिचार्जरले जनाएको छ । कमजोर आर्थिक अवस्था भएकाहरुले रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामानहरु खरिद गर्न सक्छन् । किस्ताबन्दीमा सामान खरिद गर्नेहरुले पनि भ्यालेन्टान अफरका छुटहरु पाउने छन् ।

सबै अफरहरु भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ ।
विभिन्न किसिमका सेवाको बिल समेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ भने अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्