Shikhar Insurance

विद्युत वितरण प्रणालीकाे सुदृणीकरण हुन्छ, विद्युत बिक्रीका लागि बजार खोज्छु- कार्यकारी निर्देशक

'आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पुर्याउने मेराे मुख्य लक्ष हाे'
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १५:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार सम्हालेका छन् । शाक्यले आइतबार रत्पार्कमा रहेको केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदभार सम्हालेका हुन ।

पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

Citizen Life
Kumar Bank

‘आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पुर्याउने, संस्थागत विकास योजनालाई अध्यावधीक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ’ । ‘विद्युत चुहावट नियन्त्रण,विश्वसनीय विद्युत वितरण प्रणालीका लागि प्रणालीको सुदृणीकरण तथा विस्तारका कामहरु प्राथमिकताका साथ अगाडि बढ्ने शाक्यको भनाइ थियो।’

‘लेऊ या तिर’(टेक अर पे)को सर्त राखी विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत आयोजनाको वर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आन्तरिक रुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको समेत बताए । ‘विद्युत आपूर्तिका लागि पर्याप्त विद्युत छ पुरानो संरचना बदल्न तथा नयाँ सुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने योजना रहेको शाक्यको भनाइ थियो ।

गत २६ कात्तिक देखि कायम मुकायम ९कामु० कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत २६ माघको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्