Shikhar Insurance

लक्ष्मी लघुवित्तले दियो १०४ जना ग्राहकलाई सीपमूलक तालिम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १६:५३
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङको हापुरे, वर्दियाको टेडियाबजार, जयनगर तथा बाँकेको सितापुर गरी ४ वटा शाखामा आवद्ध ग्राहकहरुलाई व्यवसायिक तरकारी खेती तथा बाख्रापालन तालिम प्रदान गरेको छ ।

मंसिर २२ गतेदेखि २९ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख १०४ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तरकारी खेती तथा बाखापालन सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो ।

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई आधुनिक कृषितर्फ डो¥याउन थप मद्धत पुग्ने र ग्राहकहरुले तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक संगको सहकार्यमा शाखा रहित बैँकिङ्ग सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्