Shikhar Insurance

महिला लघुवित्तको आईपीओमा तीन दिनमै साढे नौ लाख आवेदन

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा तीनमै ९ लाख ६३ हजार ८ सय ६८ वटा आवेदन परेको छ । कम्पनीले माघ ३० गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ मूल्य अंकित ४ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । चाँडोमा माघ ४ गतेसम्म आवेदन दिने पाईने आईपीओमा माघ २ गते कार्यालय समय अवधी भित्रै साढे ९ लाख भन्दा बढी आवेदकले एक अर्ब ४९ करोड ३५ लाख ९७ हजार बराबरको एक करोड ४९ लाख ३५ हजार ९ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

कुल निष्काशनसमध्ये ०।५ प्रतिशतले हुने ५ हजार कित्ता सेयर संस्थाका कर्मचारीले पाउेनछन् । अर्काे पाँच प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारले आवेदन दिन सक्नेछन्। कम्पनीले २९ जिल्लामा ५३ वटा शाखा कार्यालय र ५ वटा सुपरीवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा कम्पनीले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्