Shikhar Insurance

कोरोना प्रभावित उद्यमी व्यवसायीलाई थप राहत, असारसम्म ब्याज र किस्ता तिर्नु नपर्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १९:४१
NIMB
Nabil Bank

काठमाडौं । कोरोना प्रभावित उद्यमी व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले पुनः बम्पर सहुलियत दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत कोरोना प्रभावित व्यवसायीहरुले असार मसान्तसम्म ब्याज र सावाँ तिर्न नपर्ने सुविधा दिएको हो ।

कोरोना प्रभावित उद्यमी व्यवसायीहरुले ब्याजको पाँच प्रतिशत तिरेर कर्जाको पुन संरचना तथा पुनतालिकीकरण गर्न सकिने सुविधा दिएको हो । राष्ट्र बैंकले यसअघि बक्यौता ब्याजको १० प्रतिशत ब्याज तिरेर कर्जाको पुनसंरचना गर्ने सुविधा दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पर्यटन लगायतका उद्योगी व्यवसायीहरुले पीँडालाई महशुस गरेर असार मसान्त अवधीसम्म पुनसंरचना गरिएको गभर्नर अधिकारीले बताए । यसअघि पुस मसान्तसम्म ब्याजको १० प्रतिशत बक्यौता तिरेर पुनतालिकीकरण गर्न पाउने सुविधा थियो । तर अब भने त्यस्तो ब्याजको १० प्रतिशत बक्यौता तिरेर पुनतालिकीकरण गर्न सकिनेछ र समय पनि ६ महिना थपेर असार मसान्तसम्म पुर्याईएको छ ।

‘२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित कार्य योजना पेश गरेमा बैंक तथा वित्तीय संस्थाले सो को विश्लेषण गरी बक्यौता ब्याजको न्यूनतम ५ प्रतिशत असुल उपर गरी एक पटकको लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने ब्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्