Shikhar Insurance

माधव-प्रचण्ड नेकपाको आन्दोलनः बलात्कार विरुद्ध प्रदर्शनदेखि जनसभासम्म

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । नेकपाको माधव प्रच्ण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको । पार्टीको केन्द्रिय संघर्ष समितिले फागुन १५ गतेसम्मका लागि जनपरिचालनलगायतका कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही फागुन ५ गते टुँडिखेल वरिपरि मानवसाङ्लो प्रदर्शन गरिने छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार त्यस दिन अपराह्न ४ बजेदेखि ५ बजेसम्म मानवसाङ्लो प्रदर्शन गर्न लागिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार यही फागुन ७ गते देशव्यापी रुपमा वडास्तरीय विरोध कार्यक्रम हुनेछ भने फागुन ७ देखि १५ गतेसम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिकस्थलमा हस्ताक्षर सङ्कलन गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यही फागुन ९ गते महिला हिंसा, हत्या एवं बलात्कारकाविरुद्ध देशव्यापी महिलाको विरोध प्रदर्शन गरिनेछ । फागुन १२ गते चितवन, २१ गते दाङ र जनकपुर, नेपालगञ्जलगायत शहरमा विरोध प्रदर्शन र जनसभा तय गरिएको उनको भनाइ छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्