Shikhar Insurance

सेयरधितो कर्जा र घर कर्जाको सिमा कम्तिमा तीन महिना नघट्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार २१:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो र घर कर्जा सम्बन्धी विद्यमान व्यवस्था कम्तिमा तीन महिना यथावत राखेको छ । सेयर धितो कर्जाको सिमा घट्ने व्यापक हल्लाकाबीच राष्ट्र बैंकले सेयर धितो सम्बन्धी कर्जाको वर्तमान व्यवस्थालाई निरन्तरता दिएको छ र गभर्नर महाप्रसाद अधिकारीले कम्तिमा तीन महिना त्यसमा कुनै पुनवरावलोकन नहुने स्पष्ट पारेका छन् ।

हाल सेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाइन्छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याएको थियो । हाल १८० दिनको सेयर मूल्यको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइने नीति राष्ट्र बैंकले लिएको छ । साथै सेयर सेयर कर्जा प्रति ग्राहक बढिमा ५० लाखसम्म मात्र पाइने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंक आवासिय तथा घर कर्जाको सिमा पनि आगामी तीन महिनासम्म थपघट नहुने सुनिश्चित गरिदिएको छ । हाल उपत्यका भित्र आवासिय तथा घर कर्जाको सिमा धितोको ५० प्रतिशत कायम छ भने उपत्यका बाहिर ६० प्रतिशत छ । यो व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ल्याएको थियो । त्यस अघिसम्म त्यस्तो सुबिधा उपत्यका भित्र ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशत मात्रै थियो ।

‘विभिन्न प्रयोजनका लागि ऋण धितो मूल्य अनुपात तोकी प्रवाह भएका कर्जामा कोभिडले सिर्जना गरेको असहज परिस्थितिको समयमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएकोनियामकीय सहजीकरणलाई यथावत् राखिएको छ । आर्थिक क्रियाकलाप सामान्य हुदै गएसँगै ऋण धितो मूल्य अनुपात सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिने छ ।’, राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्