Shikhar Insurance

सबैभन्दा धेरै नाफा कमाउने कम्पनी बन्यो नेको इन्स्योरेन्स, ६० प्रतिशतले बढेर पुग्यो २६ करोड

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार ०९:५३
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा सबै भन्दा धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ । नेकोले आफ्नो नाफा ६०.२९ प्रतिशतले बढाएर २६ करोड ४० लाख रुपैयाँ पुर्याएको हो । गत आवको पुस मसान्त अवधीमा कम्पनीको नाफा १६ करोड ४७ लाख रुपैयाँ मात्रै थियो ।

६ महिने अवधीमा कम्पनीले एक अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधीमा त्यस्तो बीमा शुल्क एक अर्ब १५ करोड रुपैयाँ थियो । कम्पनीले ६ महिनामा एक लाख ७४ हजार ७१० वटा बीमालेख जारी गरेको छ भने तीन हजार तीन सय २९ वटा दावी वापत ४४ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ भने जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैयाँ छ । बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४०.०८ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्