Shikhar Insurance

रिलायन्स लाइफको बिमा शुल्क ९२ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १०:३८
NIMB
Nabil Bank

 

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सकाे बिमा शुल्क ९२.०६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुस मसान्त सम्मकाे अवधीमा आफ्नो बीमा शुल्कमा ९२.०६ प्रतिशत बढाएर १ अर्ब १० करोड पुर्याएको हो । कम्पनीले गत वर्षको पुस मसान्त सम्ममा ५७ करोड ७७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले नाफा पनि बढाएर ५ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ जबकी गत पुस मसान्त सम्मकाे अवधीमा कम्पनीको त्यस्तो नाफा ४ करोड ६५ लाख रुपैयाँ मात्र  थियो । रिलायन्सको जीवन बीमा कोष पनि १ अर्ब ७९ करोडको भएको छ ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको  जगेडा कोषमा १९ करोड ८५ लाख छ भने महाविपत्ती कोषमा २ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्