Shikhar Insurance

पुरानालाई टक्कर दिँदै नयाँ जीवन बिमा कम्पनी, व्यवसाय ३७.५५ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले पुराना जीवन बिमा कम्पनीहरुलाई टक्कर दिन थालेका छन् । व्यवसायको आकार सानो भए पनि नयाँ जीवन बीमा कम्पनीहरुको विस्तार दर भने आक्रामक देखिएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आक्राम ढंगले व्यवसाय विस्तार गर्नेहरुमा अधिकांश नयाँ जीवन बीमा कम्पनीहरु अघि देखिन्छन् ।

यो अवधीमा १८ वटा जीवन बीमा कम्पनीहरुले ३७.५५ प्रतिशतले बिमा शुल्क वृद्धि गरेका छन् । २०७६ पुस मसान्त अवधीमा १८ जीवन बीमा कम्पनीहरुले ४० अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । २०७७ पुस मसान्त अवधीमा तिनै कम्पनीहरुको बीमा शुल्क ३७.५० प्रतिशतले बढेर ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो । अर्थात बीमा कम्पनीहरुले आफ्नो व्यवसाय गत आवको पुस मसान्तको तुलनामा १५ अर्ब १९ करोड रुपैयाँ अर्थात ३७.५५ प्रतिशतले वृद्धि गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले भने हालसम्म पनि चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आक्राम विस्तार गर्ने नयाँ कम्पनी, धेरै उठाउने पुराना
आक्रामक रुपले बजार विस्तार गर्नेहरुमा अधिकांश नयाँ जीवन बीमा कम्पनीहरु छन् । सानिमा, आईएमई, प्रभु लाइफ, ज्योति लाइफ, रिलायन्स लगाएतका सबै नयाँ जीवन बीमा कम्पनीहरुले आक्रामक व्यवसाय विस्तार गरेका छन् । पुरानामध्ये गुराँस र सुर्या लाइफको पनि व्यवसाय विस्तारको रफ्तार बढेकै देखिन्छ । धेरै बीमा शुल्क संकलन गर्नेहरुमा भने पुरानै कम्पनीहरु अगाडी छन् ।

नेपाल लाइफले १७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क चालु आवको ६ महिनामा संकलन गरेको छ । एलआइसी नेपालले ९ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क उठाउँदा नेशनल लाइफले ५ अर्ब ४८ करोड संकलन गरेको छ । नयाँ जीवन बीमा कम्पनी युनियन लाइफले ३ अर्ब २० करोड र एसियन लाइफले ३ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ ।

कुन कम्पनीले कति उठाए बीमा शुल्क ?
सानिमा लाइफले ४० करोड रुपैयाँबाट आफ्नो प्रिमियमलाई वृद्धि गरेर ९५ करोड रुपैयाँ कायम गरेको छ । कम्पनीले चालु आवको छ महिनामा गत आवको सोही अवधीको तुलनामा १३४.७७ प्रतिशतले बीमा शुल्क वृद्ध गर्न सफल भएको हो ।

गुराँस लाइफले पनि ९५ करोडबाट बढाएर २ अर्ब ११ करोड बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीले आफ्नो बीमा शुल्क गत आवको सोही अवधीको तुलनामा १२०.३५ प्रतिशतले बढाउन सफल भएको हो ।

आईएमई लाइफले ६० करोड रुपैयाँको प्रिमियमलाई वृद्धि गरेर एक अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । अर्थात गत आवको पुस मसान्तको तुलनामा कम्पनीको व्यवसाय शतप्रतिशतले विस्तार गर्न सफल भएको देखिन्छ ।

प्रभु लाइफले नि गत आवको पुस मसान्त अवधीमा ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । यसपालीको पुस मसान्तमा ६० करोड प्रिमियम संकलन गरेको देखिन्छ । अर्थात प्रभु लाइफले पिन ९३.५४ प्रतिशतले व्यवसाय विस्तार गर्न सफल भएको छ ।

ज्योति लाइफले ७२ करोड रुपैयाँ प्रिमियम गत आवको पुस मसान्त अवधीमा उठाएको थियो । यसपाली भने ९३.०५ प्रतिशतले बढाएर एक अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।

रिलायन्स लाइफको व्यवसाय पनि ९२.९८ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको पुस मसान्त अवधीमा ५७ करोड बीमा शुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधीमा त्यस्तो बीमा शुल्क एक अर्ब १० करोड रुपैयाँ पुर्याएको छ ।

सुर्या लाइफले पनि ७८.१२ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको छ । गत पुस मसान्त अवधीमा एक अर्ब २८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले यसपाली २ अर्ब २८ करोड रुपैयाँ पुर्याएको हो ।

सिटिजन्स लाइफले पनि ७९ करोडबाट आफ्नो बीमा शुल्कलाई एक अर्ब ३७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । अर्थात ७३.४१ प्रतिशतले व्यवसाय विस्तार गरेको देखिन्छ ।

महालक्ष्मी लाइफले गत अवको पुस मसान्त अवधीमा २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधीमा कम्पनीले ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६७.८५ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि ६२.५ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको छ । कम्पनीले गत पुस मसान्त अवधीमा ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको पुस मसान्तमा भने त्यस्तो बीमा शुल्क ९१ करोड कायम गरेको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पनि आफ्नो व्यवसाय विस्तारमा रफ्तार कायम गरेको छ । गत आवको पुस मसान्त अवधीमा ८६ करोड बीमा शुल्क संकलन गरेको कम्पनीले यसपाली सोही अवधीमा एक अर्ब ३१ करोड पुर्याएको छ । अर्थात रिलायबल लाइफले पनि ५२.३२ प्रतिशतले व्यवसाय विस्तार गरेको देखिन्छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँबाट बढाएर आफ्नो बीमा शुल्क ५ अर्ब ४८ करोड रुपैयाँ कायम गरेको छ । कम्पनीले आफ्नो व्यवसाय १६० करोड अर्थात ४१.२३ प्रतिशतले विस्तार गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी पनि व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । कम्पनीले ७५ करोडमा रहेको बीमा शुल्कलाई बढाएर चालु आवको सोही अवधीमा एक अर्ब ६ करोड पुर्याएको हो । अर्थात प्राइम लाइफले आफ्नो व्यवसाय ४१.३३ प्रतिशतले बढाउन सफल भएको छ ।

एसियन लाइफले पनि गत आवको पुस मसान्त अवधीमा २ अर्ब २८ करोड थियो । यसपाली सोही अवधीमा ३ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अर्थात एसियन लाइफको व्यवसाय विस्तार ३७.२८ प्रतिशत कायम भएको छ ।

एलआईसी नेपालले चालु आवको पुस समान्त अवधीमा ९ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जबकी गत आवको सोही अवधीमा कम्पनीको त्यस्तो बीमा शुल्क ७ अर्ब ६५ करोड रुपैयाँ थियो । एलआइसीले आफ्नो व्यवसाय २४.९६ प्रतिशतले वृद्धि गरेको देखिन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको पुस मसान्त अवधीमा १३ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको सोही अवधीमा कम्पनीको बीमा शुल्क २२.७८ प्रतिशतले बढेर १७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

मेट लाइफले २ अर्ब २९ करोडबाट बढाएर २ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले गत आवको पुस मसान्तको तुलनामा ६.५५ प्रतिशतले व्यवसाय विस्तार गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्