Shikhar Insurance

सानिमा बैंकले लाभांश प्रस्ताव पारित गर्ने डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर १६, शुक्रबार ११:२८
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । बैंकले पुस ३ गतेका लागि साधारण सभा डाकेको हो।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले सभा प्रयोजनका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।यस अनुसार मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्