Shikhar Insurance

यी वस्तुहरुको आयातमा शतप्रतिशत क्यास मार्जिन हट्यो

सिंहदरबार संवाददाता
२०७९ मंसिर १६, शुक्रबार १६:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले केहि वस्तुहरुको आयातमा लाग्दै आएको शतप्रतिशत क्यास मार्जिनको व्यवस्था हटाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा अघि सारिएको व्यवस्था अनुसार केहि वस्तुहरुको आयातमा लागु गरिएको शतप्रतिशत मार्जिनको व्यवस्था हटाईएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

राष्ट्र बैंकले राष्ट्र बैंकको नयाँ परिपत्र अनुसार अब पत्थर, प्लाष्टर, सिमेण्ट, एस्बेस्टोस(अश्मतन्तु), अबरख वा यस्तै किसिमका पदार्थहरुबाट बनेका वस्तुहरुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नु पर्दैन । तर त्यस्ता बस्तुहरुको आयातका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी भएर गरिएको करार सम्झौताका कागजागत भने पेश गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले विछ्यौनाको रुपमा परिवर्तन गर्न सकिने वा नसकिने सिट (आसन) (शीर्षक ९४.०२ बाहेक) र तिनका पार्टपूर्जाहरुको आयातमा समेत शतप्रतिशत नगद मार्जिन आवश्यक नपर्ने व्यवस्था गरिदिएको छ । त्यस्तै, अब प्राथमिक रुपका स्टाइरिनका पोलिमरहरुको आयातमा पनि शतप्रतिशत मार्जिन लाग्ने छैन् ।

‘अर्थतन्त्र र वित्तिय क्षेत्रको वस्तुगत अवस्था हेरेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरिएको हो, र त्यसैका आधारमा एकिकृत निर्देशन र परिपत्रहरु संसोधन भैरहेका छन् । आवश्यकताका आधारमा थप वस्तुहरुमाथिका बिभिन्न बन्देजहरु पनि क्रमशः खुला गरिँदै जानेछौं’, डेपुटी गभर्नर मिश्रले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्