Shikhar Insurance

‘आर्थिक स्थिति खस्किएको छैन, अर्कोवर्ष दोहोरो अंकको वृद्धि हुन्छ’

उद्योगी व्यवसायीले सरकारका कामको प्रचार गर्न आग्रह
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ले पारेको प्रतिकुल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको दाबी गरेको छ । पार्टी निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको भेलालाई सम्बोधन गर्दै ओलीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको बताएका हुन् ।

उनले उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान गरे । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा सोमबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग व्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले सकेसम्म जमिन, जंगल, जडिबुटी आदिको कसरी अधिकतम् सदुपयोग गर्न सकिन्छ, त्यता लाग्न आह्वान गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड—१९का कारण प्रतिकुल असर परेका बेला कुनै कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने उनको भनाइ छ । बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ व्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उनको जिकिर छ ।

प्रधानमन्त्रीले सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीहरुलाई आग्रह गरे । पार्टीका केही नेताहरुले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको उनको दाबी थियो ।

“पार्टीका शीर्ष नेताहरुमा कुनै ठाउँमा खुट्टा टेक्दा केपि ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ,” प्रधानमन्त्रीले भने । सभाहरुमा समेत १६ जना मान्छे लाइन लागेर सबैले एउटै ‘केपि ओली’ केपि ओली’ केपि ओली’ मात्र भन्ने गरेको तर देश र दुःख पाएका जनता नसम्झिएको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

ओलीको प्रश्न छ, “कसरी निदाउनु हुन्छ होला उहाँहरु ?”

GBIME

प्रतिक्रिया दिनुहोस्