Shikhar Insurance

सेयर कर्जाको सिमा नघटेपछि लगानीकर्तामा उत्साह, नेप्सेमा नयाँ रेकर्ड

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १८:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी तीन महिना सेयर कर्जाको सिमा नघटाउने सुनिश्चित गरिदिएपछि नेप्सेले पुनः नयाँ उचाई प्राप्त गरेको छ । सोमबार नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो । यो उचाई नेप्से परिसूचकको हालसम्मकै सर्वाधिक हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँमा किनबेच भएको हो ।

सोमबार नेप्सेका सबै परिसूचकहरु उकालो चढेका छन् । सो दिन १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको मूल्य मात्रै घटेको छ ।

कारोबार भएका ३७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सबै भन्दा धेरै कारोबार निर्धन उत्थान लघुवित्तको ७० करोडको सेयर किनबेच भएको छ । सोमबार माइक्रोफाइनान्सहरुकै सेयर मूल्यमा भारी वृद्धि भएको देखियो । त्यस्तै, जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको सेयर मूल्यमा पनि ठूलो मात्रामै बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्