Shikhar Insurance

ग्रीन लाइफ हाइड्रोपावरको सेयर शुक्रबार बाडफाँड, तपाईलाई कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १८:३९
NIMB
Nabil Bank

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ शुक्रबार बाडफाँड हुने भएएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार मंगलबार प्रिअलोटमेन्ट हुने र सोमबार बाडफाँड गर्न लागिएको हो ।

कम्पनीको आईपीओमा १३ लाख ३७ हजार ९४२ जनाको आवेदन परेको छ । कुल २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ताको बराबरका लागि २ अर्ब ३९ करोड ७६ लाख ६० हजार बराबरको आवेदन परेको हो ।
जुन माग भन्दा ७ दशमलव ३७ गुणा बढी हुन आउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधरणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो ।

कुल निष्काशनमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याईएको छ ।

आवेदकमध्ये ३ लाख २५ हजारको भागमा मात्र सेयर पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्