Shikhar Insurance

महानिर्देशक दाहालको कोरोना कालमा भन्सार प्रशासन सम्बन्धी पुस्तक सार्वजनिक

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १९:१३
NIMB
Nabil Bank

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालको कोरोना कालमा भन्सार प्रशासनः प्रयास एवं अनुभूति संग्रह पुस्तक सार्वजनिक भएको छ । अर्थ सचिव शिशिर कुमार ढुंगानाले विभागमा आयोजीत एक कार्यक्रममा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा कोरोना कालमा भन्सार प्रशासनले गरेका कामहरु र अनुभवलाई समेटिएको छ । सिंगो देश नै घरभित्र कैद भएको अवस्थामा अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको भन्सार प्रशासनले कसरी सेवा प्रदान गर्यो ? भन्ने विषय पुस्तकमा समेटिएको लेखक दाहालले जानकारी दिए । पुस्तकमा भन्सार प्रशासन सुधारका प्रयास र भावी कार्यदिशा समेत समेटिएको छ ।

Citizen Life
Kumar Bank

विभागमा आउने भावी नेतृत्वले पनि पुस्तकबाट विषम परिस्थितिमा पनि कसरी भन्सार प्रशासनको सेवालाई चुस्त दुरुस्त राख्न सकिन्छ भन्ने मार्ग दर्शन पाउन सक्ने पनि उनले बताए । पुस्तकमा कोराना कालभरी भन्सार प्रशासन कसरी सञ्चालन भयो भन्नेबारे विभिन्न सञ्चार माध्यमहरुमा छापिएका सामग्रीहरुका अलवा भन्सार कर्मचारीको संघर्षका केहि किस्सा पनि पढ्न पाइन्छ । साथै महानिर्देशक दाहालले भन्सार प्रशासनको सुधारका लागि गरेका कामहरुको विवरण पनि राखेका छन् ।

बिमोचन कार्यक्रममा अर्थ सचिव ढुंगानाले कोरोना कालमा सहज ढंगले भन्सार प्रशासन सञ्चालन गर्नु र सोही अवधीका अनुभव समेटेर पुस्तक प्रकाशन गर्नुलाई महानिर्देशक दाहालको ठूलो सफलता भएको धारणा राखेका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्