Shikhar Insurance

प्रधानमन्त्री ओलीले भने-भारतबाट बिजुली किनेर लोडसेडिङ हटाउने मै हुँ

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १९:५७
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लोडसेडिङ कुलमान घिसिङले नभई आफुले हटाएको दावी गरेका छन् । नेकपा निकट उद्योगी व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै लोडसेडिङ आफुले हटाएको दावी गरेका हुन् ।
भारतबाट बिजुली खरिद गर्ने सम्झौता आफुले गरेको र त्यसकै आधारमा लोडसेडिङ हटेको दावी उनले गरेका हुन् । ओलीले लोडसेडिङ हटाएको जस अरुले लिन खोजेको भन्दै असन्तुष्ठि पनि पोखे ।

यस अघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उर्जा मन्त्री टोप बहादुर रायमाझीले लोडसेडिङ कुलमान नहटाएको दावी गरेका थिए । केपी ओलीले आफ्नो तीन वर्षे कार्यकालमा के के काम भए भन्नेबारे पनि पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । ओलीले उर्जाका क्षेत्रमा आफुले थुप्रै काम गरेको भन्दै ठूलो सूचि नै सार्वजनिक गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलीले पत्रकार सम्मेलनमा भनेका छन्
एकबर्ष अघि मैले भनेको थिएँ– विजुलीको पर्याप्त उपलब्धता भएसँगै एउटा युगमा नै परिवर्तन आएको छ । दियालो÷दियो हुँदै मट्टितेलको प्रयोगबाट बल्ने बत्तीको युग अब सदाका लागि अन्त्य नै हुँदैछ ।
यस अवधिमा–
विद्युत् उत्पादन ३३३ मेगावाट थप भई १,४३० मेगावाट पुगेको छ । माथिल्लो तामाकोसी ९८।८ प्रतिशत सम्पन्न भइसकेकाले यस परियोजनाबाटै यसै आर्थिक बर्षमा ४५६ मेगवाट विद्युत् थप हुने निश्चित छ ।
६६ के।भी। क्षमता भन्दा माथिको विद्युत् प्रसारण लाईन ८३७ किलोमिटर विस्तार भई ४ हजार २५१ किलोमिटर पुगेको छ । धनुषाको ढल्केबरमा देशकै सबभन्दा ठूलो विद्युत् सब–स्टेशन निर्माण भई सञ्चालनमा आएको छ । म्याग्दी÷पर्वतमा निर्माण भएको दोस्रो ठूलो विद्युत् सब–स्टेशनको हालै उद्घाटन गरिएको छ ।
विद्युत्मा पहुँच पुग्ने जनसंख्या ६ प्रतिशतले बढेर ९० प्रतिशत पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत ११० किलोवाट प्रतिघन्टावाट २६० किलोवाट प्रतिघन्टा पुगेको छ ।
विद्युत् चुहावट २५ प्रतिशतबाट १५।३ प्रतिशतमा झरेको छ ।
जलविद्युत् सम्बन्धी राष्ट्रिय गौरवका ३ आयोजना मध्ये पश्चिम सेतीको कुनै प्रगति छैन । बूढीगण्डकीको प्रारम्भिक कार्य २० प्रतिशतबाट ७० प्रतिशत सकिएको छ । माथिल्लो तामाकोसी सम्पन्न हुँदैछ ।
विद्युतका तारलाई भूमिगत गर्ने काम काठमाडौंबाट शुरु गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्