Shikhar Insurance

ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार २१:३५
NIMB
Nabil Bank

काठमाडौं । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् ।

उनीहरुले दोस्रो सन्तानजन्माउननिश्चितभएको उहाँका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उहाँहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उहाँहरूले सार्वजनिक गरेका छन् । नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताएको छ ।

“आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तानआर्ची गत मे मा एक वर्ष पुरा भएकी छन् ।

बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगनले गतवर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाहभएको थियो । सन् २०१८को मे महिनामा उनीहरुको विवाह भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्