Shikhar Insurance

तीन महिनाभित्र शतप्रतिशत हकप्रद सेयर जारी हुन्छः एचआइडीएसलका निमित्त सिईओ न्यौपाने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)का निमित्त प्रमुख कार्यकारी अधिकृत मुक्ति न्यौपानेले आगामी ३ महिनाभित्र हकप्रद सेयर जारी गरिसक्ने बताएका छन् ।

नेपाल धित्रोपत्र बोर्डले कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धी आवेदन रद्ध गरेपछि सिंहदरबारसँग कुरा गर्दै निमित्त सिईओ न्यौपानेले आगामी ३ महिनाभित्र एक बराबर एक कित्ताका दरले कम्पनीको हकप्रद सेयर जारी भैसक्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले हकप्रद सेयर निष्काशनका लागि रेटिङको काम पनि अन्तिम चरणमा पुर्याईसकेको पनि उनले जानकारी दिए । ‘बुधबारसम्म कम्पनीको रेटिङको काम सकिन्छ, त्यसपछि पुनः हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिन्छौं र तीन महिना भित्र जारी गरिसक्छौं’, निमित्त सिइओ न्यौपानेले भने ।

उनका अनुसार संस्थागत सबै लगानीकर्ताहरु हकप्रद सेयरमा लगानी गर्न तयार भैसकेका छन् । ‘केहि संस्थागत लगानीकर्तामा हकप्रदमा लगानी गर्नेबारे अन्यौलता थियो, अहिले त्यो पनि हटिसकेको छ’, न्यौपानेले भने ।

कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भनेको थियो तर लामो समयसम्म प्रक्रिया अघि नबढेपछि धितोपत्र बोर्डले कम्पनीको आवेदन नै रद्ध गरिदिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्