Shikhar Insurance

गरिमा विकास बैंकका अध्यक्षले लिए सपथ

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार ११:२८
NIMB
Nabil Bank

काठमाडौं । गरिमा विकास बैंकको नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले पद तथा गोपिनियताको शपथ लिएका छन् । अध्यक्ष बस्यालले फागुन ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिएका हुन् ।

विकास बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा। आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण सेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय स्तरको विकास बैंकका रुपमा रहेको गरिमाले देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालन मार्फत सेवा प्रवाह गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्